इजरायलका विदेश मन्त्री युएइको औपचारिक भ्रमणमा
अबुधाबी, १६ असार : इजरायलका विदेश मन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा आएका छन्।खाडी मुलुक युएईमा इजरायलको तर्फबाट...
अबुधाबी, १६ असार : इजरायलका विदेश मन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा आएका छन्।
खाडी मुलुक युएईमा इजरायलको तर्फबाट भएको यो पहिलो उच्चस्तरको भ्रमण भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
इजरायली विदेश मन्त्री लापिड मंगलबार युएई आइपुगेका हुन् । उनको भ्रमण टोलीमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उश्पीजसहितका सरकारी उच्च अधिकारीहरु रहेका छन्।
दुई दिने औपचारिक भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता पनि गर्नु हुने विदेश मन्त्रालयले जानकारी दिएको छ।
भ्रमणका क्रममा उनले युएईको राजधानी अबुधाबीमा स्थापना हुने इजरायली दूतावासको भवनको उद्घाटन समेत गर्ने भएका छन्। दूतावाससँगै दुबईको कन्सुलेट समेत सुरुवात गरिने भएको छ।
येस अटिड पार्टीका नेता समेत रहनु भएका विदेश मन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत हुन्।
इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए।












