पर्साबाट ४० किलो गाँजासहित दुई जना पक्राउ
पर्सा, असार १६ : पर्साबाट ४० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्गए राति करिब १ बजे पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी...
पर्सा, असार १६ : पर्साबाट ४० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्
गए राति करिब १ बजे पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी चौरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
प्रहरीले मकवानपुर राक्सीराङ गाउँपालिकाका ४० वर्षीय वीरबहादुर प्रजा र २० वर्षीय सोमलाल प्रजालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उनीहरुलाई तीन वटा बोरा राखेर बोकिरहेको अवस्थामा ४० किलो गाँजासहित फेला पारेको थियो।
प्रहरीले लागुऔषध सम्बन्धी कसुरमा उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: १३:१६ बजे, बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











