Kathmandu Press

जम्मु काश्मिरमा बस दुर्घटना हुँदा ३३ को मृत्यु

भारत, असार १६ : भारतको जम्मु काश्मिरस्थित किश्तवाड जिल्लामा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।<....

जम्मु काश्मिरमा बस दुर्घटना हुँदा ३३ को मृत्यु

भारत, असार १६ : भारतको जम्मु काश्मिरस्थित किश्तवाड जिल्लामा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुबाहक बस खोँचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिए।

केशवनबाट आइरहेको यात्रुबाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोँचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको उनको बताए।

घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ।

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, असार १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्