Kathmandu Press

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

लहान, असार १६ : सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका–१६...
ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

लहान, असार १६ : सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ।

स१त ३९७२ नंको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा ट्र्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

असार ३१ गतेसम्म निषेधाज्ञा

सिरहामा निषेधाज्ञाको समय १६ दिन थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञाको समय असार ३१ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकामा जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको जानकारी दिए। उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ।

यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला सैलुन र होटलबाहेकका पसल, व्यवसाय बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ कँणेलले बताए। सिरहामा गत वैशाख २३ गतेदेखि निरन्तर निषेधाज्ञा जारी छ।
 

प्रकाशित मिति: १०:२९ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्