Kathmandu Press

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ, असार १६ : गएरातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा...
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ, असार १६ : गएरातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ। 

पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो। लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए।

उनले भने, ‘पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो।’

त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको उनले बताए। अहिले एक्जाभेटर ल्याएर सडक खुलाउने प्रयास भइरहेको छ। 

प्रकाशित मिति: ०८:०६ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्