Kathmandu Press

पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार १६ : जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना...
पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार १६ : जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका एक–दुई स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी भूभाग र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मनसुनी  वायुको सक्रिय प्रभाव र तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले आज बिहान देशभर मौसम बदली रहेको छ। प्रदेश १, प्रदेश २‚ बाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित मिति: ०७:०८ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्