जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न नागरिक अगुवाहरुको अपिल

काठमाडौं, असार १५ : नागरिक समुहका अगुवाहरुले जातका कारण कोठा भाडामा दिन नमान्ने काठमाडौंकी एक जना घरवेटीले कसुरजन्य जातिय विभदे गरेपनि शिक्षा मन्त्रीले उन्मुक्ति दिने कार्य गरेको भन्दै गम्भीर ध्यानकर्षण् भएको जनाएको छ।
मंगलबार विभिन्न क्षेत्रमा क्रियाशिल ५७ जना नागरिक अगुवाहरुले सयुक्त विज्ञप्ति जारी गर्दै रुपा सुनारमाथि भएको जातीय विभेदको घटना नेपालको संविधान, जातीय भेदभाव तथा छुवाछूत र कसुर सजायँ ऐन २०६८ र मानव अधिकार हनन विरुद्धको सन्धी, महासन्धी विपरित दण्डनीय कार्य भएको हाम्रो ठहर गरेका छन्।
उक्त घटनामा गत असार ९ गते नेपाल सरकारका बहालवाला शिक्षा तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै प्रहरीलाई दवाव दिई आरोपितलाई जमानतमा छुटाउन गरिएको कार्यले अनुसन्धान गर्ने अधिकारीको मनोबल कमजोर पार्दै स्वतन्त्र र निष्पक्ष छानविन प्रक्रियालाई नै प्रभावित पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘कृष्णगोपाल श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै फौजदारी न्यायिक प्रक्रियालाई नै चुनौंति दिएको बुझिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारी उच्चतहका व्यक्तिबाट भएको यसप्रकारको हस्तक्षेप हामीलाई किमार्थ स्वीकार्य हुने छैन।’
देशका बिभिन्न ठाउँमा दलित भएकै कारण कोठा भाडामा नदिनु, पानी छोएको निउँमा कुटपिट गर्नु, अन्तरजातीय विवाह गरेकै कारण कुटपिट गर्नु र हत्यासमेत गर्नु लगायत सामाजिक विभेद भोगिरहेका दलित समुदायले सामाजिक न्यायका लागि आन्दोलन गरिरहनु परेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘दलित र गैरदलित दुवै मिलि यस्तो समाजिक विभेदको अन्त्य गर्नुपर्नेमा नेपाल सरकारका जिम्मेवार व्यक्तिबाटै दोषीलाई उन्मुक्ति दिने र संरक्षण गर्ने कार्यले दलित समुदायको न्यायको आकांक्षामाथि मात्र नभएर सिङ्गो सामाजिक न्यायको सुनिश्चिततामाथि नै गम्भीर प्रहार भएको हामीले महशुस गरेका छौं । त्यसैले सरकारबाटै यस्ता घटनालाई जातीय विभेदको रुप दिन चालिएको उक्त कदमप्रति हामी सरकारलाई सचेत गराउन चाहन्छौं।’
नागरिक अगुवाहरुले विज्ञप्ति मार्फत संबैधानिक र कानूनीरुपले दलितको समूदायको मौलिक हकको सुनिश्चित गर्न हरेक तह र तप्कामा हुने जातीय विभेदको अन्त्य गर्न अपिल पनि गरेका छन् । ‘कानूनी शासनको प्रत्याभूतिको लागि हरेक तहमा हुने प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपको अन्त्य गर्न जोडदार माग गर्दछौ’, विज्ञप्तिमा भनिएको छ।
अपिल कर्ताहरुः
१. डा. शशि अधिकारी, काठमाडौं
२. हरि शर्मा, राजनीतिक विष्लेषक, काठमाडौं
३. डा. रेणु अधिकारी, अधिकारकर्मी, काठमाडौं
४. इन्दु तुलाधर, अधिकारकर्मी, काठमाडौं
५. डा. बिरेन्द्रराज पोखरेल, अपाड।अधिकारकर्मी, काठमाडौं
६. मनिषा ढकाल, अधिकारकर्मी, काठमाडौं
७. जगन्नाथ लामिछाने, अभियन्ता, काठमाडौं
८. रबीन्द्रनाथ ठाकुर, मानवअधिकारकर्मी, कपिलबस्तु
९. प्रेम सापकोटा, अभियन्ता, काभ्रे
१०. केशव बादी, सामाजिक अभिन्यता, बर्दिया
११. प्रदिप परियार, काठमाडौं
१२. सन्जु साह, अधिकारकर्मी, मोरड।
१३. भक्त विश्वकर्मा, कार्यवाहक अध्यक्ष, दलित गैह्रसरकारी महासंघ, काठमाडौं
१४. रेम वि।क।, पत्रकार तथा अधिकारकर्मी
१५. देबेन्द्र विश्वकर्मा, इलाम
१६. बिदुर सुबेदी, धनकुटा
१७. दिप्ती आचार्य, नुवाकोट
१८. मनोमोहन स्वार, पत्रकार, कैलाली
१९. बसन्ती चौधरी, अधिकारकर्मी, कैलाली
२०. अधिवक्ता अजय शंकर झा, काठमाडौं ।
२१. सुमन अधिकारी, अधिकारकर्मी
२२. अभय जोशी, दार्चुला
२३. भवानी प्रसाद पाण्डे, पत्रकार
२४. शिवनाथ यादव, युवा अभियन्ता, पर्सा
२५. नितु पोखरेल, महिला अधिकारकर्मी, काठमाडौं
२६. किरण कौशल, पत्रकार, पाल्पा
२७. प्रभाकर बाग्चन्द, पत्रकार, कैलाली
२८. परिना थारु, यौनिक अल्पसंख्यक अधिकारकर्मी, बर्दिया
२९. देबीदत्त आर्चाय, अपाड।अधिकारकर्मी, बाँके
३०. खिमा वि।क।, महिला अधिकाकर्मी, बर्दिया
३१. श्याम शाह, महिला अधिकारकर्मी, सिराह
३२. निर्मल उप्रेत्ती, अधिवक्ता, काठमाडौ ।
३३. दयासागर श्रेष्ठ, अधिकारकर्मी, काभ्रे
३४. डा. प्रकाश भट्राई, मानव अधिकारकर्मी, काठमाडौं
३५. अनिता थपलिया, अधिबक्त, काठमाडौं
३६. कमल बसेल, अधिकारकर्मी, रामेछाप
३७. सावित्रा घिमिरे, महिला अधिकारकर्मी, धनगढी
३८. उमेश विश्वकर्मा, अधिकारकर्मी, मोरड।
३९. जेबी विश्वकर्मा, अधिकारकर्मी, काठमाडौं
४०. अजित आर्चाय, अधिकारकर्मी, तनहूँ
४१. सुजिन सक्सेना, अनुुसन्धानकर्ता, धनुषा
४२. टीका दाहाल, अपाड।अधिकारकर्मी, काठमाडौं
४३. लक्ष्मी श्रेष्ठ, अधिकारकर्मी, कपिलबस्तु
४४. जनक राउत, द्धन्द्धपिडित अधिकारकर्मी
४५. दीपज्योति श्रेष्ठ, युवा अभियन्ता, नुवाकोट
४६. कैलाश न्यौपाने, अभियान्ता, काठमाडौं
४७. रुपेश कर्ण, युवा अभियान्ता, जनकपुर
४८. बिबेक लामा, संगीतकर्मी, धादिंग
४९. करण बिके, रुकुम
५०. कबी अधिकारी, अधिकारर्मी, काठमाडौं
५१. डा.अनिता श्रेष्ठ, महिला अधिकारकर्मी, काठमाडौं
५२. सोम निरौला, मानव अधिकारकर्मी, काठमाडौं
५३. सुरेश बिडारी, पत्रकार, पर्सा
५४. भृकुटी राई, सह–निर्माता बोजुबजै पोडकास्ट, काठमाण्डौ
५५. इतिशा गिरी, लेखकरपोडकास्टर, काठमाण्डौ
५६. शेनाज बानु, नागरिक अभियन्ता, काठमाण्डौ
५७. नबिन सिलवाल, धादिंग









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

