Kathmandu Press

धान रोप्दै गर्दा भेटिए राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र इजरायली राजदूत गोडेर 

काठमाडौं, असार १५ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ राम्जामा आज उनीसहित धान रोपाईँ भएको छ ।राष्ट्रियसभाको अध्यक्ष भएपछि दुई...
धान रोप्दै गर्दा भेटिए राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र इजरायली राजदूत गोडेर 

काठमाडौं, असार १५ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ राम्जामा आज उनीसहित धान रोपाईँ भएको छ ।

राष्ट्रियसभाको अध्यक्ष भएपछि दुई दशकपछि तिमिल्सिनाले मल्काको आफ्नै खेतमा पुगेर हलो जोतेका हुन् । असार १५ मा हिलोमा पस्नुपर्छ भन्ने नेपाली मान्यता छ । अध्यक्ष तिमिल्सिनाले हलो जोतिरहँदा इजरायली राजदूत खनान गोडेर बाउसे बनेर साथ दिन पुगेका थिए । अध्यक्ष तिमिल्सिनाले विसं २०५९ पछि आफ्नै जन्म गाउँमा पुगेर रोपाईमा सहभागी हुँदा असाध्यै रोमाञ्चित भएको जनाउँदै भने “लामो समयपछि पनि रोपाईँका लागि हलो जोत्न, आली लगाउन बिर्सेको रैनछु भन्ने सुखद अनुभूति भएको छ ।”

कृषि उत्पादनलाई निर्वाहमुखी र परम्परागत रुपमा मात्रै सिमित गर्दा यसले आम्दानी र जीवनस्तरमा सुधार आउन नसकेकाले अब व्यवसायिक कृषि प्रवद्र्धन गर्नुपर्ने पर्नेमा उनले जोड दिए । उन्नत प्रविधि र नष्लको प्रयोग गरेर व्यवसायिक रुपमा खेती गर्दै आयतलाई प्रतिस्थापन गर्नु अहिलेको प्रमुख कार्यभार भएको उनले उल्लेख गरे ।

इजराल कृषिमा विश्वकै नमुना देश मानिन्छ । राजदूतले मोदी गाउँपालिकासँग कृषि उत्पादनका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाए । कोभिड १९ का कारण औपचारिक कार्यक्रम र भीडभाड हुने कार्यक्रम नगरिने भएकाले अध्यक्ष तिमिल्सिना जन्मगाउँ राम्जा पुगेर रोपाँईमा सहभागी भएका हुन् ।

उक्त कार्यक्रम स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए। सो अवसरमा पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महत लगायत सहभागी भएका थिए । 

प्रकाशित मिति: १९:५३ बजे, मंगलबार, असार १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्