चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं, असार १५ : सखुवाप्रसौनी गाउँपालिका ४ देवरवना बस्ने ५५ वर्षीय रघुबिर यादवको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित खेतमा भैंसी चराउने क्रममा चट्याङ लाग्दा उनको मृत्यु भएको हो । यसैगरी जिराभवानी गाउँपालिका ३ जितपुर बस्ने ५० वर्षीया अस्तोर्मी देवी थारुको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1789895690.jpg)