Kathmandu Press

मंगलबार २६३६ संक्रमित थपिँदा ४४८९ जना संक्रमणमुक्त, २० को मृत्यु

७२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २६३६ जनामा संक्रमित थपिएका छन् ।
मंगलबार २६३६ संक्रमित थपिँदा ४४८९ जना संक्रमणमुक्त, २० को मृत्यु

काठमाडौं, असार १५ : पछिल्लो २४ घण्टामा २६३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

७२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २६३६ जनामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४४८९ जना रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ।

प्रकाशित मिति: १७:०५ बजे, मंगलबार, असार १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्