Kathmandu Press

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिलाई १५ महिना जेल

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमालाई संवैधानिक अदालतले १५ महिना जेल सजाय सुनाएको छ ।
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिलाई १५ महिना जेल

केपटाउन, असार १५ : दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमालाई संवैधानिक अदालतले १५ महिनाको जेल सजाय सुनाएको छ ।

राष्ट्रपति छँदा भ्रष्टाचार गरेको अभियोग पुष्टि भएपछि उनलाई अदालतले जेल सजाय तोकेको हो । उनी सन् २०१८ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति थिए ।

Hardik ivf

उनको शासनकालमा व्यापारीहरूलाई राज्यको निर्णायक तहमा घुसपैठ गर्न दिइएको आरोप लागेको थियो ।

पूर्वराष्ट्रपति जुमालाई पाँच दिनभित्रमा प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न अदालतले आदेश दिएको छ । उक्त आदेश उल्लंघन गरेमा प्रहरीले सीधै पक्राउ गर्न सक्ने आदेशमा उल्लेख छ ।

उनीमाथि हतियार खरिदसम्बन्धी सम्झौतामा पाँच अर्ब डलर भ्रष्टाचार गरेको अभियोग थियो ।
 

प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, असार १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्