Kathmandu Press

भारतमा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ४० हजार भन्दा कम

नयाँ दिल्ली, १५ असार : गत २४ घण्टामा भारतमा  थप ३७ हजार ५६६ जनामा  कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३...
भारतमा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ४० हजार भन्दा कम

नयाँ दिल्ली, १५ असार : गत २४ घण्टामा भारतमा  थप ३७ हजार ५६६ जनामा  कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  मङ्गलबार जनाएको छ। 

भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयता कै सवभन्दा कम हो ।  चालीस  हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ पछि यो पहिलो पटक हो । भारतमा हिजो कोरोना सङ्क्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ। 

Hardik ivf

करिब ७० दिनपछि भारतमा गत दई दिनयतादेखि  एक हजार भन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ।

हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ६६ हजार ६०१ व्यक्ति कोरोना मुक्त भएका छन् । यहाँ कोरोना भाइरस मुक्ति दर ९६.८७ प्रतिशत रहेको छ  ।

यहाँ गत जनवरी १६ बाट कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ३२ करोड ९० लाख २९ हजार ५१० डोप कोरोना विरुद्धको खोप लागाइएको छ।
 

प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, असार १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्