Kathmandu Press

दक्षिण कोरियाली बैङको लेन्डिङ’ दरमा गिरावट

सियोल, असार १५ : दक्षिण कोरियाली बैंकहरूको ‘लेन्डङ’ दरमा गत महिनाभन्दा कमी भएको केन्द्रीय बैंकद्वारा जारी एक तथ्याङ्कमा देखिएको छ। घरपरिवारलाई बार्षिक नयाँ बैंक ऋणको...
दक्षिण कोरियाली बैङको लेन्डिङ’ दरमा गिरावट

सियोल, असार १५ : दक्षिण कोरियाली बैंकहरूको ‘लेन्डङ’ दरमा गत महिनाभन्दा कमी भएको केन्द्रीय बैंकद्वारा जारी एक तथ्याङ्कमा देखिएको छ। 

घरपरिवारलाई बार्षिक नयाँ बैंक ऋणको भार दर औसतमा मे महिनामा २.८९ प्रतिशतमा झरेको छ। यो जुन अघिल्लो महिनाको तुलनामा ०.०२ प्रतिशत अङ्कले घटेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ। 

रियल स्टेट ऋण दर ०.०४ प्रतिशत बिन्दुले घटेर २।६९ प्रतिशतमा पुगेको छ भने क्रेडिट ऋण दर ०।०४ प्रतिशत बिन्दुले बढेर ३.६९ प्रतिशतमा पुगेको छ। 
यो तथ्याङ्क गत बर्षको मेदेखि ब्याजदरमा अपरिबर्तित कम–नीति दरको कारण कायम भएको बैङ्कले जनाएको छ। 

कम्पनीहरूलाई नयाँ बैंक ऋणको भारित औसत दर मेमा ०.०१ प्रतिशत अङ्कले बढेको हो। 
 

प्रकाशित मिति: १२:३० बजे, मंगलबार, असार १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्