Kathmandu Press

इथियोपियाली क्षेत्रीय राजधानी मिकेली विद्रोहीको नियन्त्रणमा, सरकारद्वारा युद्धविरामको घोषणा

अदिस अबाबा, असार १५ : इथियोपियाको विद्रोही संगठन ‘टिग्रे पीपल्स लिबरेसन फ्रन्ट’ ले केन्द्रीय फौजविरुद्धको नयाँ आक्रमण सुरु गरेको एकसातापछि टिग्रेस्थित विद्रोही लडाकूहरूले आफूहरूले...
इथियोपियाली क्षेत्रीय राजधानी मिकेली विद्रोहीको नियन्त्रणमा, सरकारद्वारा युद्धविरामको घोषणा

अदिस अबाबा, असार १५ : इथियोपियाको विद्रोही संगठन ‘टिग्रे पीपल्स लिबरेसन फ्रन्ट’ ले केन्द्रीय फौजविरुद्धको नयाँ आक्रमण सुरु गरेको एकसातापछि टिग्रेस्थित विद्रोही लडाकूहरूले आफूहरूले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको दावी गरेका छन्। 

यद्यपि इथियोपिया सरकारले भने आफूले कब्जा गुमाएको पुष्टि गरेको छैन बरु युद्धविरामको एकतर्फी प्रस्ताव गरेको छ।

मिकेलीलाई इथियोपियाको सरकारी फौजले गत नोभेम्बरमा विद्रोहीको कब्जाबाट फिर्ता लिएको थियो। 

Hardik ivf

मिकेलीस्थित प्रत्यक्षदर्शीहरूले उत्सव मनाउन सडकमा मानिसहरू नाचिरहेको बताएका छन्। 

टिग्रेमा गत साता नयाँ आक्रामक हमलाहरू सुरु गरेका त्यहाँका लडाकुहरूले मिकेलीको अन्तरिम प्रशासनलाई बाहिर निकालेको भन्ने खबर सोमबारदेखि आउन थालेका हुन्।

टिग्रे क्षेत्रमा त्यहाँको नेतृत्वलाई बाहिर निकाल्नका लागि प्रधानमन्त्री अबी अहमदले आठ महिनाअघि सरकारी फौज पठाएका थिए। 

टिग्रे पीपल्स लिबरेसन फ्रन्टका प्रवक्ताले मिकेली आफ्नो नियन्त्रणमा आएको एएफपीसँगको कुराकानीमा दावी गरे। अन्तरिम सरकारका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग मिकेलीबाट सरकारी सेना पछि हटेको पुष्टि गरेका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेसले प्रधानमन्त्री अबीसँग सोमवार कुरा गर्दै सर्वसाधारणको सुरक्षा र मानवीय सहायता मानिसहरूसम्म पुगेको सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् उनले राजनीतिक समाधान खोज्न पनि प्रधानमन्त्री अबीलाई आग्रह गरे। 

संयुक्त राष्ट्रसंघले ५० लाखभन्दा बढी मानिस खाद्यान्न सहायताको पर्खाइमा रहेको र ३ लाख ५० हजार मानिसले भोकमरीको सामना गरिरहेको जनाएको छ। 

इथियोपियामा द्वन्द्वरत सबै पक्षमाथि आमहत्या र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ।

इथियोपियामा सरकारी फौजहरूबाट मिकेलीलगायतका ग्रामिण क्षेत्रलाई विद्रोहीको कब्जाबाट फिर्ता लिने क्रममा महिला तथा किशोरीहरूमाथि बलात्कार तथा दुब्र्यवहारका घटनाहरू भइरहँदा त्यहाँका नागरिकले टिग्रे पीपल्स लिबरेसन फ्रन्टलाई सहयोग गरेका कतिपय स्थानीयले बताएका छन्।

सेनाले किशोरीहरूमाथि बलात्कार र मानवीय दुब्र्यवहार गर्ने गरेको र प्रतिकार गर्न खोज्नेको हातखुट्टा नै काटिदिनेजस्ता अमानवीय व्यवहारहरू गर्नेगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।  

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, असार १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्