चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु
पर्सा, असार १५ : पर्सामा चट्याङ लागेर मंगलबार बिहान तीन जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चट्याङले एक जना गम्भीर घाइते भएका...
पर्सा, असार १५ : पर्सामा चट्याङ लागेर मंगलबार बिहान तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चट्याङले एक जना गम्भीर घाइते भएका र तीन जना सामान्य घाइते रहेको छ ।
मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वा सुगौली–१ का २७ वर्षीय रसुल आजगदी र जीराभवानी–३ जितपुरकी ५० वर्षीया असरतोमी देवी थारू छन्।
यादव र आजगदी भैंसी चराइरहेका थिए भने थारू खेलमा काम गरिरहेकी थिइन्।
सखुवाप्रसौनी १ का ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते रहेको पर्सा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ।
मंगलबार बिहान ७ बजे चट्याङ परेको थियो।
प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

