आज प्रदेश १, बाग्मती र गण्डकीमा वर्षा हुने
काठमाडौं, असार १५ : जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार...
काठमाडौं, असार १५ : जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यी तीन प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। जसले गर्दा बाढी र पहिरोको जोखिम हुनसक्ने जनाएको छ।
मनसुनी वायुको प्रभाव र दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। जसले गर्दा गण्डकी र बाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको हुनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

