Kathmandu Press

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ 

संखुवासभा, असार १४ : पाँचखपन नगरपालिका-३ सिरिसे बस्ने ८० वर्षीय आइतबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४३ वर्षीय विष्णु...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ 

संखुवासभा, असार १४ : पाँचखपन नगरपालिका-३ सिरिसे बस्ने ८० वर्षीय आइतबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४३ वर्षीय विष्णु तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। 

शनिबार राति तामाङले मादक पदार्थ सेवन गरी राईलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो।

उक्त घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले कुटपिट गर्ने तामाङलाई नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्