Kathmandu Press

मुसलेधारे वर्षाका कारण जनकपुर जलमग्न

जनकपुर, असार १४ : आज (शनिबार) बिहानको मुसलेधारे वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन्।वर्षाले नगरभित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा...
मुसलेधारे वर्षाका कारण जनकपुर जलमग्न

जनकपुर, असार १४ : आज (शनिबार) बिहानको मुसलेधारे वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन्।

वर्षाले नगरभित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन्। 

जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान,  विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक लगायत स्थान जलमग्न  छन्। 

एसियाली विकास बैंँकको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँ  एकीकृत सहरी विकास परियोजना कार्यान्वयनमा छ। परियोजनाले यहाँका सडक स्तरोन्नति गरिरहेको छ।

ढल व्यवस्थापन नहुँदा  नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ। डुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:५० बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्