शुल्क मिनाहा माग गर्दै पाटन क्याम्पसमा विद्यार्थी संगठनको तोडफोड
शुल्क मिनाहालगायत माग राख्दै तीन विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा तोडफोड गरेका छन् । उनीहरूले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी पनि गरेका छन् ।
काठमाडौं, असार १४ : शुल्क मिनाहालगायत माग राख्दै तीन विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा तोडफोड गरेका छन् । उनीहरूले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी पनि गरेका छन् ।
अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीले तोडफोड गरेका हुन् ।
उनीहरूले कोरोना कालमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएकाले ०७६ सालको स्नातक तहको सबै संकायको शुल्क मिनाहा गर्नुपर्ने माग अगाडि सारेका छन् ।
यस्तै, ०७६ सालको छात्रवृत्ति वितरण गर्नुपर्ने, परीक्षा फर्म भर्न छुटेका विद्यार्थीलाई भर्न दिनुपर्ने, अनलाइन कक्षा प्रभावकारी बनाउनुपर्ने, कक्षामा ४० जनाको दरले सेक्सन निर्धारण गर्नुपर्नेलगायत माग उनीहरूको छ ।
प्रकाशित मिति: १५:१५ बजे, सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

