Kathmandu Press

उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु

काबुल, असार १४ : अफगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन्।अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको...
उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु

काबुल, असार १४ : अफगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन्।

अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रान्तका विभिन्न भागमा भएका ती कारबाहीमा अरु १७ जना लडाकू घाइते भएका छन्। 

मन्त्रालयले स्थानीय प्रतिरोध समूहसँग मिलेर सेनाले तिस्कान, बाहाराक, तगाब, किसिम र जुर्म जिल्लामा आइतबार राति कारबाही गरेको जनाएको छ। 

तालिबानका डिभिजनल कमान्डर हम्जा पनि उक्त कारबाहीमा घाइते भएका छन् । सेनाले तालिबानी समूहका हातहतियार र गोलाबारुद पनि ध्वस्त पारिदिएको छ।

उक्त घटनाका बारेमा तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन। गत मे १ देखि अमेरिकी र नेटो सैनिक अफगानिस्तानबाट फिर्ता हुन थालेयता देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु निकै बढेका छन्।

तालिबान समूहसँग भएको सम्झौता बमोजिम करिब तीन हजार ५०० अमेरिकी र सात हजार नेटो सैनिक आगामी सेप्टेम्बर ११ अगावै स्वदेश फर्किनेछन्।

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्