भारतमा अढाइ महिनायता आइतबार कोरोनाबाट हजारभन्दा कम मृत्यु
नयाँ दिल्ली, असार १४ : गत २४ घन्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या ३ करोड...
नयाँ दिल्ली, असार १४ : गत २४ घन्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या ३ करोड २७ लाख ९ हजार ३ सय ३१ पुगेको छ।
यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ९ सय ७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९६ जार ७ सय ३० पुगेको छ।
करिब अढाइ महिनायता २४ घण्टाको समयावधिमा भारतमा एक हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमणबाट मृत्यु भएको जुन २८ मा पहिलो पटक हो।
गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो। त्यसयता कोरोनाबाट मृत्यु हुनेको संख्या हजारभन्दा माथि रहँदै आएको थियो।
हाल भारतमा पाँच लाख ७२ हजार ९ सय ९४ जना सक्रिय सङ्क्रमित छन्। गत २४ घण्टाको समय अवघिमा ५८ हजार ५ सय ७८ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।
भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ९ हजार ६०७ व्यक्ति कोरोना मुक्त भएका छन्।












