Kathmandu Press

सोमालियामा आइतबार भएका हिंसामा ४१ जनाको मृत्यु

मोगादिसु, असार १४ : सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको...
सोमालियामा आइतबार भएका हिंसामा ४१ जनाको मृत्यु

मोगादिसु, असार १४ : सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ। 

सो सेनाले दिएको जानकारीअनुसार यहाँको अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएको थियो। सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा यसरी मारिनेमा अधिकांश अल सेबाबकै लडाकू रहेका छन्।

त्यसैगरी अन्य केही स्थानमा भएको सेनाको कारबाहीमा पनि अल सेबाबका लडाकूहरु मारिएका थिए। यसक्रममा यहाँको सेनाका तीनजना अधिकारी पनि अल सेबाबको आक्रमणमा परी मारिएका छन् भने अरु केही घाइते पनि रहेका छन्।

त्यसैगरी कतिपय स्थानमा अल सेबाबका लडाकूहरुले गरेका हमलाहरूमा परी अरु कैयौँ सर्वसाधारण व्यक्ति घाइते भएका छन्। 

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्