Kathmandu Press

घाँस काट्न गएका ७० वर्षीय वृद्ध बेपत्ता

बागलुङ, असार १४ : बागलुङको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन्। गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी असार १० गतेदेखि...
घाँस काट्न गएका ७० वर्षीय वृद्ध बेपत्ता

बागलुङ, असार १४ : बागलुङको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन्। 

गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी असार १० गतेदेखि सम्पर्कविहीन बेपत्ता भएका हुन्। बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र त्यहि दिनदेखि हराएको परिवारले जनाएका छन्। 

त्यसयता निरन्तर खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको स्थानीयवासी बेलुकाजी थापाले जानकारी दिए। 

जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा पोखराबाट कुकुरसहितको प्रहरीको विशेष प्राविधिक टोली झिकाएर शनिबारदेखि खोजी कार्यलाई थप तीव्र पारिएको छ। पोखराबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ‘रेस्क्यू र क्याकर डग’ सहितको प्राविधिक टोलीले खोजी कार्य थालेको छ। 

बुढाथोकीले लगाएका कपडा सुँघाएर र उनी गएको स्थानलाई पछ्याएर कुकुर परिचालन गरेर खोजी कार्य जारी राखिएको प्रहरी नायब निरीक्षक विक्रमबहादुर थापाले बताए। 
 

प्रकाशित मिति: ०६:५० बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्