गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
काठमाडौं, असार १३ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत...काठमाडौं, असार १३ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा ८, स्याङजा २, र तनहुँमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३४ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा थप ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाको नमूना परीक्षण गरिएकामा ३३० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १७७ पुरुष र १४४ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ६७, म्याग्दीका ३५, पर्वत २२,लमजुङ १,गोरखा ५३, तनहुँ ४८, बाग्लुङ ६१, स्याङ्जाका ३९ र नवलपुरका ११ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ हजार ६१० पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५० हजार ९८७ पुगेको छ ।