नहरले बगाएर ३ वर्षीया बालिकाको मृत्यु
काठमाडौं, असार १३ : दाङको शान्तिनगर गाउँपालिका ६ कोरबाङ बस्ने थिरु चौधरीको छोरी ३ वर्षीया यामसरा चौधरीको घर नजिकैको कोरबाङ सिँचाई नहरले बगाउँदा...
काठमाडौं, असार १३ : दाङको शान्तिनगर गाउँपालिका ६ कोरबाङ बस्ने थिरु चौधरीको छोरी ३ वर्षीया यामसरा चौधरीको घर नजिकैको कोरबाङ सिँचाई नहरले बगाउँदा आइतबार बिहान मृत्यु भएको छ ।
घर नजिकै खेल्ने क्रममा उक्त नहरले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हपुरेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब १ किमि टाढा नहरको किनारमा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १९:५१ बजे, आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

