Kathmandu Press

मृत अवस्थामा फेला  

काठमाडौं, असार १३ : ईलामको फाकफोकथुम गाउँपालिका ७ बस्ने ४६वर्षीय नर बहादुर राई माङसेबुङ गाउँपालिका ३ रतुवा बेसी बस्ने हर्क बहादुर सावा लिम्बुको...
मृत अवस्थामा फेला  

काठमाडौं, असार १३ : ईलामको फाकफोकथुम गाउँपालिका ७ बस्ने ४६वर्षीय नर बहादुर राई माङसेबुङ गाउँपालिका ३ रतुवा बेसी बस्ने हर्क बहादुर सावा लिम्बुको गोठमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, रुपन्देही मायादेवी गाउँपालिका ३ केनउलीस्थित धान खेतमा नवलपरासी (पश्चिम) ,पालिनन्दन गाउँपालिका २ मुडेरागाउँ बस्ने २७ वर्षीयचुन्ना सहनी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उनी शुक्रबार आफ्नै दाजुभाइसँग खेत रोप्न त्यहाँ आएको भन्ने बुझिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: १९:१६ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्