Kathmandu Press

मुनामदनसँगै पलेँटीका दर्शकलाई भोटको यात्रा

काठमाण्डौ, असार १५ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’मा संगीतकार शान्ति ठटालले धुन दिँदा शनिबार कालिकास्थानस्थित नेपालयको ‘आ....

मुनामदनसँगै पलेँटीका दर्शकलाई भोटको यात्रा
अविरा श्रेष्ठरनेपालय

काठमाण्डौ, असार १५ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’मा संगीतकार शान्ति ठटालले धुन दिँदा शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालाको भावुक बन्यो। उनले पलेँटीका दर्शकलाई भोटको यात्रा गराइन्।

गायकगायिका र वाद्यवादकबीच हर्मोनियमका साथ उपस्थित संगीतकार ठटालको मुहार झन भावुक थियो। उनले ‘मुनामदन’मा धुन भर्दै जादा पलेँटीमा खचाखच दर्शकको टाउको मात्रै हल्लिएको देखिन्थ्यो। दर्शक मन्त्रमुग्ध थिए।

मुनामदनमा ठटालले सन् १९७७ ताका नै संगीत भरेकी थिइन्। यही सिर्जनालाई पुनः व्युँताउने पलेँटीको आग्रहमा उनले काठमाडौंका दर्शकलाई नयाँ स्वाद पस्केकी हुन्। उनले काठमाडौंका दर्शकलाई भोटको यात्रा गराइन्।

Hardik ivf

मुनामदन प्रस्तुन गर्दै स‌ंगीतकार शान्ती ठटालकाे टाेली।

यो पटकको पलेँटीलाई शान्ति ठटालको लामो सांगीतिक जीवनको उत्सवको रुपमा प्रस्तुत गर्ने उद्घोष गरिएको थियो। जसअनुसार,  कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो।

कार्यक्रमको पहिलो चरणमा ठटालको गायन–यात्राको चर्चा गर्दै उनका चारवटा गीत प्रस्तुत भएका थिए। पलेँटीबाटै आफ्नो सांगीतिक जीवनलाई सक्रिय बनाएकी मीना निरौलाले ठटालका पुराना गीत सुनाएकी थिइन्।

त्यसपछि शान्ति ठटालको संगीत सिर्जनाको पाटोको चर्चा गरिएको थियो। यहि क्रममा उनले अम्बर गुरुङले उनलाई संगीतकार बन्ने आत्मबल दिएको सुनाइन्।

मुनामदन प्रस्तुन गर्दै स‌ंगीतकार शान्ती ठटालकाे टाेली।

कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत भएको थियो, मुनामदन। उनले मुनामदनलाई ठटालले आफूले पहिले रचेको धुनलाई सम्झँदै परिमार्जन गरिन्।

यसलाई कथावाचनशैलीमा प्रस्तुत गरिएको थियो। प्रस्तुति र कथालाई जोड्न भूषिता वशिष्ठले सूत्रधारको भूमिका निभाएकी थिइन्।

जसमा बिमला सेञ्चुरी प्रधान, मीना निरौला, बलराम समाल र आभासले स्वर दिएका थिए। जसमा दिनेश रेग्मीले कीबोर्ड, बलराम समालले बाँसुरी, सन्देश महर्जनले तबला, सुरज प्रधानले गिटार र सुन्दरकुमार महर्जनले प्रकसनमा सघाएका थिए।

‘हे मेरा भाइ! ती तिम्री मुना मरेकी छैनन् ती, ज्योतिको स्वरुप लिएर गइन् बगैँचा बसन्ती!’ हरफमा बिराम लाग्दा ‘आर’शाला मौनताले भरिएको थियो।

शुक्रबारदेखि सुरु भएको पलेँटीको आज अन्तिम दिन हो।

प्रकाशित मिति: १४:३२ बजे, आइतबार, असार १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्