Kathmandu Press

आक्रमण गरी मान्छे घाइते बनाउने चितुवा मारियो  

स्याङ्जा, असार १३ : गल्याङ नगरपालिका-७ तोलातुङ बस्ने ३८ वर्षीय लालबहादुर बिक आइतबार चितुवाको आक्रमणमा परी घाइते भएका छन्। घाइते बिक गल्याङ नगर...
आक्रमण गरी मान्छे घाइते बनाउने चितुवा मारियो  

स्याङ्जा, असार १३ : गल्याङ नगरपालिका-७ तोलातुङ बस्ने ३८ वर्षीय लालबहादुर बिक आइतबार चितुवाको आक्रमणमा परी घाइते भएका छन्। घाइते बिक गल्याङ नगर अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

गल्याङ नगरपालिका-७ फाँटस्थित खड्क बहादुर गाहाको बंगुर खोरमा चितुवा पसी ८ वटा बंगुरमध्ये ३ वटा मारेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गएकोमा चितुवा अचानक खोरबाट निस्की करिब ५० मिटर टाढा रहेका बिकलाई आक्रमण गरेको थियो।

बिक लगायत अन्य मानिसहरू समेतको जिवन रक्षा र थप क्षति नहोस भनि सब डिभिजिन बन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली प्रहार गर्दा चितुवा मरेको छ ।

मृत चितुवा बन कार्यालयलाई जिम्मा लगाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा गल्याङ नगरपालिका(३ स्थित नर्सरी बन कार्यालयको कम्पाउण्डभित्र खाडलमा पुरी ब्यबस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  
 

प्रकाशित मिति: १८:०६ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्