Kathmandu Press

अवैध लागुऔषधसहित दार्चुलामा एकजना पक्राउ

अवैध लागुऔषधसहित दार्चुलामा एकजना पक्राउ
Hardik ivf

दार्चुला, असार १३ : शैल्यशिखर नगरपालिका(९ नायलमा कुखुरा पसल सञ्चालन गरी बस्ने ३६ वर्षीय महेशराज बिष्टलाई ७० ग्राम अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले शंका लागि उनको पसल जाँच गर्नेक्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ। 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ। 
 

प्रकाशित मिति: १७:३८ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्