दसौं महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारीमा एमाले
काठमाडौं, असार १३ : पार्टीलाई ‘एकताबद्ध बनाएर लाने हिसाबले एमालेले दसौं महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारी गरेको छ।आज (आइतबार) बिहान बसेको एमाले स्थायी...
काठमाडौं, असार १३ : पार्टीलाई ‘एकताबद्ध बनाएर लाने हिसाबले एमालेले दसौं महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारी गरेको छ।
आज (आइतबार) बिहान बसेको एमाले स्थायी कमिटी बैठकले त्यसबारे निर्णय गरेको एक नेताले बताए।
अब १५ गतेको स्थायी कमिटी बैठक र १६ गतेको आयोजक कमिटी बैठकले त्यसबारे निर्णय गनेृ उनले जानकारी दिए।
देशभरका कार्यकर्ताहरुको पार्टीलाई एकताबद्ध राख्ने चाहना सम्बोधन गर्न पार्टीलाई एकताबद्ध बनाएर लान त्यस किसिमको निर्णय गर्न लागिएको उनको भनाइ थियो।
ओलीले जेठ २३ मा पार्टी एकताका लागि भन्दे ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले त्यसमा सहमति जनाएको छैन।
नेपालले २०७५ जेठ ३ नभएर २ भन्दा अगाडिको अवस्थामा एमाले फर्किनुपर्ने अडान राख्दै आएका छन्।
प्रकाशित मिति: १७:२६ बजे, आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











