Kathmandu Press

ट्रम्प र किमबीच दक्षिण-उत्तर कोरियाको सिमानामा भेटवार्ता

काठमाडौं, असार १५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनबीच भेटवार्ता भएको छ। आइतबार दिउँसो ट्रम्प र किमबीच उत्तर ....

ट्रम्प र किमबीच दक्षिण-उत्तर कोरियाको सिमानामा भेटवार्ता
एपी

काठमाडौं, असार १५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनबीच भेटवार्ता भएको छ। आइतबार दिउँसो ट्रम्प र किमबीच उत्तर र दक्षिण कोरियाको सीमाको डिएमजेडमा भेट भएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक उत्तर कोरियाको भूभागमा प्रवेश हो।  ‘फेरि भेट्न पाउँदा खुशी लाग्यो। यो ठाउँमा भेट होला भनेर कहिले सोचेको थिइनँ’ किमले ट्रम्पसँग हात मिलाउँदै भनेका छन्।

ट्रम्प र किम दुवै उत्तर कोरियातर्फ आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ट्रम्प उत्तर कोरियामा प्रवेश गर्नु उच्च साहस र लगनको कार्य रहेको किमले प्रतिक्रिया दिएको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।

दुई नेताबीच डिएमजेड क्षेत्रमा रहेको पानमुजोममा भेट भएको हो।

उनीहरुको भेटमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन पनि उपस्थित थिए। अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाबीचको त्रिदेशीय वार्ता यो पहिलो हो।

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, असार १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्