राष्ट्रपति र प्रधानमन्त्रीको जालझेलले प्रतिनिधिसभा विघटन : यदुनाथ खनाल
काठमाडौं, असार १३ : वरिष्ठ अधिवक्ता यदुनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली मिलेर लेखनाथ पौड्यालको ‘मैं खाऊँ मैं लाऊँ’ भन्ने...
काठमाडौं, असार १३ : वरिष्ठ अधिवक्ता यदुनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली मिलेर लेखनाथ पौड्यालको ‘मैं खाऊँ मैं लाऊँ’ भन्ने कविताले भनेजस्तै पाराले जालझेल रचेको आरोप लगाए।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज (आइतबार) संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले उनीहरूको जालझेलकै कारण प्रतिनिधिसभा विघटन भएको स्पष्ट पारे।
उनले राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि परेका दुवै दाबी खारेज गर्न गलत आधार लिएको दाबी गरे। संविधानका सबै धारा धारा ओलीका लागि मात्र नराखिएको उल्लेख गर्दै उनले संविधानको आफू अनुकूल व्याख्या र प्रयोग हुन नहुने बताए।
प्रकाशित मिति: १६:२० बजे, आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











