दुईजना मृत अवस्थामा फेला
काठमाडौं, असार १३ : पाल्पामा एक र नवलपरासीमा एक गरी दुईजना मृत भेटिएका छन्।पाल्पाको माथागढी गाउँपालिका-४ घर भई हाल रामपुर नगरपालिका-७ कठानस्थित गुनबहादुर...
काठमाडौं, असार १३ : पाल्पामा एक र नवलपरासीमा एक गरी दुईजना मृत भेटिएका छन्।
पाल्पाको माथागढी गाउँपालिका-४ घर भई हाल रामपुर नगरपालिका-७ कठानस्थित गुनबहादुर घर्तीको घरमा ६ महिनादेखि बस्दै आएका ३९ वर्षीय माधव घर्ती घरबाट करिब १ सय मिटर टाढा गोरेटो बाटोमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै नवलपरासी (पूर्व) को कावासोती नगरपालिका-१७ ढोकी बस्ने ७१ वर्षीय भोलानाथ चौधरी पनि घर नजिकैको मकैबारीमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यी दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:४३ बजे, आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

