Kathmandu Press

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

जम्मु, १३ असार : भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ। करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। विमानस्थलको...
भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

जम्मु, १३ असार : भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ। 

करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

Hardik ivf

विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन्।  

स्थानीय समय अनुसार बिहान १.४५ बजे पहिलो विस्फोट भएको थियो। घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ।

दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो।

‘जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई विस्फोटन भएको खबर आएको छ, घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको विवरण छैन,’ एक जना सुरक्षा अधिकारीले भने।   

विस्फोटका कारण कसैलाई घाउचोट लागेको र कुनै यन्त्रमा क्षति भएको विवरण पनि प्राप्त नभएको उनले जानकारी दिए।

घटनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीहरुको बैठक बोलाइएको पनि उनले बताए। घटनालाई सुरक्षा अधिकारीहरुले गम्भीरतापूर्वक लिएको पनि जनाइएको छ। 

प्रकाशित मिति: १५:३० बजे, आइतबार, असार १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्