Kathmandu Press

नर्सिङ लाइसेन्स परीक्षामा ६५ प्रतिशत फेल

काठमाडौं, असार १५ : नेपाल नर्सिङ परिषदले लिएको २२आंै नर्सिङ लाइसेन्स परीक्षामा ६५ प्रतिशत अनुत्तीर्ण भएका छन्।

नेपाल नर्सिङ परिषदका अनुसार, ....

नर्सिङ लाइसेन्स परीक्षामा ६५ प्रतिशत फेल

काठमाडौं, असार १५ : नेपाल नर्सिङ परिषदले लिएको २२आंै नर्सिङ लाइसेन्स परीक्षामा ६५ प्रतिशत अनुत्तीर्ण भएका छन्।

नेपाल नर्सिङ परिषदका अनुसार, लाइसेन्स परीक्षामा ३५ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन्। परिषदले शनिबारको लिएको परीक्षामा स्टाफ नर्स र बिएस्सी नर्सिङका विद्यार्थी सहभागी थिए।

नर्सिङ पढाइ सकेपछि परिषदले लाइसेन्सका लागि परीक्षा लिने गरेको छ। लाईसेन्स पाएपछि मात्रै उनीहरूले काम गर्न पाउछन्।

शनिबार भएको २२औं परीक्षामा एक हजार पाँच सय एक विद्यार्थीले परीक्षा दिएका थिए। जसमा पाँच सय २६ जना मात्रै उत्तीर्ण भएको परिषदले जनाएको छ।

लाइसेन्स परीक्षाको नतिजा राम्रो हुन नसकेको परिषद अध्यक्ष प्रा.गोमा निरौलाले बताइन्। ‘लाइसेन्स परीक्षामा आएका यस्तो नतिजाले नर्सिङ क्षेत्रप्रति नै चिन्ता बढेको छ,’ अध्यक्ष प्रा.निरौलाले भनिन्। उनले यसमा बारेमा विचार गर्नु पर्ने बेला भएको बताइन्।

नर्सिङ लाइसेन्सको वर्षमा तीन पटक परीक्षा हुनेगरेको छ। शनिबार वर्षको पहिलो परीक्षा हो। अब कात्तिक र चैतमा पनि लाइसेन्सको लागि परीक्षा हुनेछ।

नेपाल नर्सको संख्या करिब ८८ हजार रहेको परिषद्ले जनाएको छ।

 

 

प्रकाशित मिति: १३:४८ बजे, आइतबार, असार १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्