Kathmandu Press

आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

खोटाङ, असार १३ : आफ्नै बुवाकाे  हत्या गरेकाे अभियाेगमा एकजना पक्राउ परेका छन्।७२ वर्षीय चन्द्रकुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२...
आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ


खोटाङ, असार १३ : आफ्नै बुवाकाे  हत्या गरेकाे अभियाेगमा एकजना पक्राउ परेका छन्।

७२ वर्षीय चन्द्रकुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने उनका २८ वर्षीय छाेरा सुबर्ण राईलाई आज (आइतबार) बिहान प्रहरीले पक्राउ गरेको छ।

सुवर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
 

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्