Kathmandu Press

सरकारले ८५ स्थानमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने

काठमाडौं, असार १३ : सरकारले ८५ स्थानमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा...
सरकारले ८५ स्थानमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने

काठमाडौं, असार १३ : सरकारले ८५ स्थानमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि-२०७८ स्वीकृत गरिसकेको छ।

कोभिड-१९ महामारीको सन्दर्भमा देखिएको अक्सिजन अभावको संकटलाई मध्यनजर गरी अक्सिजन आवश्यक हुने आकस्मिक स्वास्थ्य सेवालाई अनवरत रूपमा सञ्चालन गर्न अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

यस्तै अक्सिजन कन्सन्ट्रेटरको माग, आपूर्ति, संकलन, वितरण तथा व्यवस्थापन गर्न स्थापना गरिएको स्टोरलाई अक्सिजन कन्सनट्रेटर बैंक भनेर बुझ्नुपर्ने कुरा कार्यविधिमा उल्लेख छ।

अक्सिजन कन्सनट्रेटर बैंक कहाँ स्थापना हुन्छ ?

कार्यविधिअनुसार अक्सिजन कन्सनट्रेटर बैंक संघ, प्रदेश र जिल्लामा स्थापना हुनेछन्।

संघमा एउटा, सबै प्रदेशमा एकएक वटा र हरेक जिल्लामा एकएक वटा गरी ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुने कार्यविधिमा उल्लेख छ।

संघमा स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखा, प्रदेशमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्लामा हरेक स्वास्थ्य कार्यालयको स्टोरमा अक्सिजन कन्सनट्रेटर बैंकको स्थापना हुने कार्यविधिमा उल्लेख छ।

साथै जिल्लास्थित हरेक अक्सिजन कन्सनट्रेटर बैंकको व्यवस्थापनका लागि सम्बन्धित स्वास्थ्य कार्यालयले एक स्टोर किपर वा अन्य कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोक्न सक्ने कुरासमेत कार्यविधिमा उल्लेख छ।

यस्तो छ कार्यविधि

प्रकाशित मिति: १४:३३ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्