बेरोजगार दर ३४ बाट २५ प्रतिशतमा झार्छाैं : मन्त्री बिष्ट
काठमाडौ, असार १५ : श्रम तथा रोजगारमन्त्री गोकर्ण बिस्टले सन् २०३० सम्ममा बेरोजगारको संख्या ३४ प्रतिशतबाट २५ प्रतिशतमा झार्ने बताएका छन्।
....
काठमाडौ, असार १५ : श्रम तथा रोजगारमन्त्री गोकर्ण बिस्टले सन् २०३० सम्ममा बेरोजगारको संख्या ३४ प्रतिशतबाट २५ प्रतिशतमा झार्ने बताएका छन्।
आइतबार राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन समारोहमा बोल्दै अहिले नौ लाख युवा बेरोजगार रहेको उल्लेख गर्दै पाँच लाख युवा बैदेशिक रोजगारीमा जाने गरेको उनले बताए।
हाम्रो रोजगार सुरक्षित बन्न नसकेको बताउदै उनले भने, ‘चुनौति धेरै छन्। समाधान गर्दैछौं।’
प्रबिधिको विकासले रोजगारको सम्भावना बढाएको उनको भनाइ थियो। त्यसलाई नेपालमा पनि रोजगारी सिर्जनमा प्रयोग गरिने उनले बताए।
‘प्रबिधिको विकासले रोजगारको सम्भावना बढाएको छ। प्रबिधिको बिकाससँगै रोजगार सिर्जना गर्नेछौ,’ उनले भने।

-1754206481.jpg)