Kathmandu Press

हेलम्बुका बाढी पीडितलाई राहत वितरण

काठमाडौं, असार १३ : बाढी–पहिरोबाट विस्थापित भएका हेलम्बु गाउँपालिका–१ तिम्बुका स्थानीयलाई राहत वितरण गरिएको छ। स्थानीय युवाले ‘ह्योल्मो सोसाइटी अफ अमेरिका’को आर्थिक सहयोगमा...
हेलम्बुका बाढी पीडितलाई राहत वितरण

काठमाडौं, असार १३ : बाढी–पहिरोबाट विस्थापित भएका हेलम्बु गाउँपालिका–१ तिम्बुका स्थानीयलाई राहत वितरण गरिएको छ। स्थानीय युवाले ‘ह्योल्मो सोसाइटी अफ अमेरिका’को आर्थिक सहयोगमा तिम्बुका विस्थापित स्थानीयलाई राहत वितरण गरेका हुन्।

‘ह्योल्मो सोसाइटी अफ अमेरिका’ मार्फत् बाढीपीडितलाई चामल, दाल, तेल, नुन, चिनीलगायतका खाद्य सामग्री वितरण गरिएको र बाढी–पहिरोमा आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई १० हजार र घरविहिन भएका परिवारलाई पाँच हजार रुपैयाँ नगद पनि वितरण गरिएकोे तेम्बाथाङ्ग एकीकृत नमूना वस्ती विकास केन्द्रका अध्यक्ष शाङ्गे शेर्पाले जानकारी दिए।

तिम्बु स्वास्थ्य चौकीलाई औषधी लगायत अन्य स्वास्थ्य सामग्री प्रदान गरिएको पनि उनले बताए। यस्तै, मृतक तथा विस्थापित परिवारका लागि काठमाडौंस्थित बौद्धका सूर्जेयबज्र लामाले पनि एक लाख ५० हजार बारबरको खाद्य तथा नगद सहयोग गरेको छन्।  

निरन्तरको वर्षा तथा पहिरोले मूलसडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गसमेत अस्तव्यस्त रहेकाले हेलम्बु, मेलम्चीलगायतका बाढीपीडितलाई राहत उपलब्ध गराउन असहज भइरहेको शेर्पाले जानकारी दिए।

हेलम्बुका बाढी–पहिरोबाट विस्थापित भएका परिवारलाई पहिलो चरणको राहत वितरण सुरु गरिएको मेलम्ची घ्याङ युवा क्लबका सदस्य पेमाटाँसी शेर्पाले बताए । केहीदिन भित्र अन्य प्रभावित स्थानमा पनि राहत सामग्री उपलब्ध गराउने उद्देश्य रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: १२:२५ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्