हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध
हेटौंडा, असार १३ : हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीका दुवै सडक पहिरोका कारण अवरुद्ध बनेका छन्। अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै...
हेटौंडा, असार १३ : हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीका दुवै सडक पहिरोका कारण अवरुद्ध बनेका छन्।
अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै फाखेल–फर्पिङ भएर काठमाडौँ प्रवेश गर्ने मार्ग पहिरोले शनिबारदेखि नैअवरुद्ध बनेको हो।
यस्तै, हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै सिस्नेरी–दक्षिणकाली भएर काठमाडौं प्रवेश गर्ने मार्गसमेत पहिरोका कारण अवरुद्ध बनेको छ। वर्षा नरोकिएको र पहिरो झर्ने क्रम चलिरहेका कारण अवरुद्ध सडक आइतबार बिहानसम्म पनि सञ्चालन हुन सकेको छैन।
हेटौँडा–भीमफेदी–कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका वडा नं ६ स्थित चिसापानीगढी नजिकैको साउनेपानी खोल्चामा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको हो।
यसैगरी कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डको इन्द्रसरोवर गाउँपालिकाका २ स्थित छपारेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। (रासस)









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

