Kathmandu Press

अबका तीन दिन देशभर वर्षाको सम्भावना

काठमाडौं, असार १३ : मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम...
अबका तीन दिन देशभर वर्षाको सम्भावना

काठमाडौं, असार १३ : मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम बदली रही प्रदेश १ र बाग्मती प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १ र बाग्मती प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

यस्तै‚ सोमबार दिउँसो देशभर मौसम बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बाग्मती प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ। 

सोमबार राति पनि देशभर मौसम बदली रही देशभर वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मंगलबार राति पनि देशभर मौसम बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित मिति: ०७:०१ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्