चीनको गोन्जाओ कोभिड-१९ को मध्यम जोखिम सहरको सूचीबाट हट्यो
चीनको दक्षिणी सहर गोन्जाओलाई अधिकारीहरूले कोभिड–१९ को मध्यम जोखिमयुक्त सहरको सूचीबाट हटेको छ।
बेइजिङ, असार १२ : चीनको दक्षिणी सहर गोन्जाओलाई अधिकारीहरूले कोभिड–१९ को मध्यम जोखिमयुक्त सहरको सूचीबाट हटेको छ ।
अब गोन्जाओलाई कम जोखिम क्षेत्रको सूचीमा राखिएको छ । गत महिना गोन्जाओमा कोरोना संक्रमणका केही बिरामी देखिएका थिए ।
तीमध्ये एक सय ४६ जना स्थानीय स्तरमा संक्रमित भएका थिए । सातजना बिरामीमा बिनालक्षणको संक्रमण देखिएको थियो ।
१९ जुनयता एकजना पनि नयाँ बिरामी फेला परेका छैनन् । सोही कारण गोन्जाओलाई कम जोखिमयुक्त सहरको सूचीमा राखिएको अधिकारीहरूको भनाइ छ ।
प्रकाशित मिति: १८:५६ बजे, शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












