Kathmandu Press

पत्रे खोलाले बगाउँदा एक महिला बेपत्ता

पत्रे खोलाले बगाउँदा एक महिला बेपत्ता

तुलसीपुर, असार १२ : दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज (शनिबार) दिउँसोदेखि बेपत्ता भएकी छन्।

पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही-११ निवासी हुन्। उनको अन्य परिचय खुल्न सकेको छैन।

घोरोही-११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ।
 
आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै उच्च छ। प्रहरीका अनुसार आज दिउँसोदेखि घोराही–तुलसीपुर सडकखण्ड ठप्प छ। पत्रेखोला, सेवार र हापुर खोलामा पानीको बहाब बढेपछि साना तथा ठूला कुनै पनि सवारी साधन चल्न सकेका छैनन्। 

प्रकाशित मिति: १८:२७ बजे, शनिबार, असार १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्