बाढीले मेलम्चीमा एक घर बगायो
सिन्धुपाल्चोक, असार १२ : लगातारको वर्षाले मेलम्ची नगरपालिका-११ मा एक घर बगाएको छ। स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो ।
मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए। यही असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा पाँच व्यक्तिको मृत्यु भएको तथा दर्जनौं बेपत्ता भएका छन्।
त्यस्तै ४ सयभन्दा बढी घर विस्थापित भएका छन्। निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ।
बाढीले मेलम्चीका ५० भन्दा बढी घर जोखिममा छन्। बाढीले विस्थापितहरु अहिले माख्लो भेगका स्थानमा बसिरहेका छन्।
प्रकाशित मिति: १७:५४ बजे, शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१