शनिबार कोरोनाबाट ३० को मृत्यु, २०१६ जनामा संक्रमण पुष्टि
९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जनामा संक्रमण पुष्टि भएको छ भने ४९१४ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं, असार १२ : पछिल्लो २४ घण्टामा २०१६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
यस्तै संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् ।
यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ।
हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: १६:३९ बजे, शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

