Kathmandu Press

चरित्र हत्या गरेको भन्दै नौ अनलाइनविरुद्ध काउन्सिलमा रुपाको उजुरी

काठमाडौं, असार १२ : सञ्चारकर्मी रूपा सुनारले आफ्नो चरित्र हत्या गरेको भन्दै नौवटा अनलाइन पोर्टलविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन्।उनले नेपालपाना डटकम,...
चरित्र हत्या गरेको भन्दै नौ अनलाइनविरुद्ध काउन्सिलमा रुपाको उजुरी

काठमाडौं, असार १२ : सञ्चारकर्मी रूपा सुनारले आफ्नो चरित्र हत्या गरेको भन्दै नौवटा अनलाइन पोर्टलविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन्।

उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित उजुरी दिएकी हुन् ।

ती अनलाइनहरुले विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याउँदै आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै उनले साइबर अपराधअन्तर्गत कारबाहीको माग गरेकी छन्।

जातका कारण कोठा निदिएको भन्दै घरबेटीविरुद्ध उजुरी दिएर जातीय दुव्र्यवहारको विरोधमा उत्रिँँँदा ती अनलाइनहरुले आफूमाथि कसैबाट परिचिालित भन्दै भ्रामक समाचार लेखेको दाबी उनले गरेकी छन्। एक अनलाइनले युरोपियन युनियन (ईयु) बाट डेढ करोड रुपैयाँ खाएको आरोप लगाएको उनको भनाइ छ।

‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ,’ उजुरीमा उल्लेख छ, ‘मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनर्लाइ साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु।’

प्रकाशित मिति: १५:५४ बजे, शनिबार, असार १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्