माओवादी केन्द्र त्यागेर छिपहरमाई गाउँपालिकाका अध्यक्ष गुप्ता एमालेमा प्रवेश
वीरगन्ज, असार १२ : स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता एमालेमा प्रवेश गरेका छन्।माओवादी परित्या गरेर आएका गूप्तालाई...
वीरगन्ज, असार १२ : स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता एमालेमा प्रवेश गरेका छन्।
माओवादी परित्या गरेर आएका गूप्तालाई एमालेले जिल्ला सचिव बनाएको छ। एमाले प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले बिहीबार पाँच जिल्लाको अध्यक्ष तथा सचिव मनोनीत गर्ने क्रममा पर्सा सचिवमा गुप्तालाई राखेकी हुन्।
एमाले अध्यक्ष भने पहिलेदेखि नै जिम्मेवारीमा रहेका प्रभु हजरालाई निरन्तरता दिइएको छ। गुप्ताले माओवादी केन्द्र त्यागेर एमालेमा गएको स्वीकार गरेका छन्।
उनले जनताले दिएको पद गुमे पनि जनताको सेवामा जुटिरहने जनाउँदै ढिलोचाँडो फेरि पद पाउने विश्वास व्यक्त गरेका छन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै जनप्रतिनिधिले पार्टी परित्याग गरे निर्वाचित पद गुम्ने व्यवस्था छ।
स्थानीय तह निर्वाचन २०७४ मा २ हजार ८ सय ५१ मत प्राप्त गरेर गुप्ता छिपहरमाई गाउँपालिकाका अध्यक्षमा विजयी भएका हुन्।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

