ट्रकको ठक्करबाट थापाथलीमा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं, असार १२ : काठमाडौँको थापाथलीमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। उक्त दुर्घटनामा दोलखा घर भई...
काठमाडौं, असार १२ : काठमाडौँको थापाथलीमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
उक्त दुर्घटनामा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ। सोही मोटरसाइकलमा सवार रामेछापका २३ वर्षीय कृष्ण खड्काको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
शुक्रबार राति ११ः२० बजे माइतीघरबाट थापाथली जाँदै गरेको बागमती प्रदेश ०२-०२६ प ११८१ नम्बरको मोटरसाइकल र थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना६ख ३३०२ ट्रक ठोक्किँदा दुर्घटना भएको महाशाखाले जनाएको छ।
ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १४:३० बजे, शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

