Kathmandu Press

निजी विद्यालयले अतिरिक्त शुल्क उठाएको भन्दै अभिभावक महासंघको आपत्ति

निजी विद्यालयले अतिरिक्त शुल्क उठाएको भन्दै अभिभावक महासंघको आपत्ति

काठमाडौं, असार ११ : नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेशले रुपन्देहीका निजी विद्यालयहरूले अतिरिक्त शुल्क उठाएको र अन्य विद्यालयमा जान चाहने विद्यार्थीलाई ट्रान्सफर सर्टिफिकेट नदिएको भन्दै आपत्ति जनाएको छ।  

रुपन्देहीका केही निजी विद्यालयले कोरोना महामारीका बेला भौतिक रूपमा विद्यालय उपस्थित नभएका विद्यार्थीहरूसँग अनलाइन कक्षा शुल्कबाहेक विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाएपछि अभिभावक महासंघले आपत्ति जनाएको हो। 

ती विद्यालयहरूले विद्यार्थीसँग कम्प्युटर, नृत्यलगायत शीर्षकमा मनोमानी ढंगले शुल्क उठाएको गुनासो आएको महासंघको भनाइ छ।

महासंघले विज्ञप्ति नै जारी गरेर केही विद्यालयको आफ्नो ध्यानाकर्षण भएको एक प्रेश विज्ञप्ती जारी गर्दै जनाएको छ।

केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली र लुम्बिनी प्रदेश हेमबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनलाइन कक्षबाहेकका शुल्क नलिन लिएको भए अविलम्ब फिर्ता गर्न र अरू विद्यालयमा जान चाहने विद्यार्थीलाई ट्रान्सफर सर्टिफिकेट र मार्कसिट तुरुन्त उपलब्ध गराउन आग्रह गरिएको छ।  

निजी विद्यालयले आफूहरूको आग्रहलाई अस्वीकार गरे आन्दोलनका कार्यक्रम लयाउन बाध्य हुने चेतावनी महासंघले दिएको छ। 

प्रकाशित मिति: १३:२० बजे, शनिबार, असार १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्