Kathmandu Press

यातनाका घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह

काठमाडौं, असार १२ : आज (शनिबार) यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो।यसै अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरेर अपराधजन्य काम कहीँकतैबाट...
यातनाका घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह

काठमाडौं, असार १२ : आज (शनिबार) यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो।

यसै अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरेर अपराधजन्य काम कहीँकतैबाट पनि नगर्न, नगराउन, यातनाका घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो।

व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य भएको उल्लेख गर्दै आयोगले पछिल्लो समय व्यक्तिलाई पक्राउ गरी जानकारी लिने वा साबिती गराउने नाममा जुम्ला, रौतहट, चितवनलगायत जिल्लामा यातनाका कारण मृत्यु भएको भनी उजुरी आएको जनाएको छ।

देशका सबैजसो कारागारमा क्षमताभन्दा बढी कैदी/बन्दी राख्दा सरसफाइ, खानेपानीलगायतमा समस्या देखिएको भन्दै आयोगले त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिएको छ।

सशस्त्र द्वन्द्वका पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीका लागि सरकारलाई सिफारिस गरे पनि काम न्युन मात्रमा मात्र भएको आयोगको भनाइ छ।

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, असार १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्